२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार १२:०३


काठमाडौं । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१ /८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

यस अघिनै सार्वजनिक गर्ने भनेको मौद्रिक नीति केही विषेश कारणले रोकिएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको थियो । सो बैठका अनुार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।

मौद्रिक नीतिले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको लक्ष्यसँग तालमेल मिलाउन कम्तीमा ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राख्नुपर्ने देखिएको छ । किनभने, सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मूल्य वृद्धि प्रक्षेपण गरेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा पनि ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको थियो। गत जेठसम्म कर्जा विस्तार ५.१ प्रतिशतले वृद्धि भएको छ ।


565
Shares

प्रतिक्रिया दिनुहोस !