२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार १३:३४


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको छ ।

चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धी छ ।

कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाएपनि गभर्नर स्वयम्ले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने नीति लिएकाे गभर्नर अधिकारीले बताउनुभयाे ।

 

पुर्ण पाठ हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

 

Monetary_policy_2081-082

 

 

 


113
Shares

प्रतिक्रिया दिनुहोस !