आज काठमाडौं उपत्यकाका स्थानीय तहमा शोक बिदा
प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार १०:१७

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आज काठमाडौं उपत्यका सबै स्थानीय तहमा शोक बिदा दिइएको छ ।
बिहीबार राति निधन भएका नकर्मीको शोकमा मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उपत्यकाका विभिन्न पालिकाहरूले सूचना जारी गरी आज पालिका तथा, वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरू बन्द रहने जानकारी दिएका छन् ।
0
Shares