१९ फाल्गुन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भेडेटारकाे पाथीभरा मन्दिरलाई ताप्लेजुङ पाथीभराको प्रतीक मानेर पूजाआराधना गरिँदै

प्रकाशित मिति :  १३ श्रावण २०८१, आईतवार १२:३३


काठमाडाैँ । ताप्लेजुङ पाथीभराका विकल्प बन्दै भेडेटारमा रहेको पाथीभरा मन्दिर ।

यो मन्दिर समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको देवीको मूर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पूजा गरिँदै आइएको छ । यो मन्दिरबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले यसलाई सोही मन्दिरको प्रतीक मानेर पूजाआराधना हुने गरेको छ ।

ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी आइतबहादुर लिम्बूले बताउनुभएको छ ।

विगतमा देवीको यो मन्दिरमा भेडा–बोकाको बलि दिने गरिएकामा हाल परेवा उडाउने, फलफूल चढाउने र शृङ्गारका सामग्री चढाउने थालिएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी लिम्बूले बताउनुभयो ।

यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने भक्तहरुको विश्वास रहेको र यहाँ बिहानदेखि बेलुकासम्म पूजा हुने गरेकाले बेलुकासम्म नै मान्छेको चहलपहल हुने गर्दछ । मन्दिरका कारण कोशी प्रदेशको धार्मिक पर्यटकीयस्थलका रूपमा भेडेटार विकसित भएको पुजारी लिम्बूले बताउनुभयो ।

यहाँ देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी लिम्बूले बताउनुभयो । दैनिक सरदर दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उहाँले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !