६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भौतिक संरचनामा सुधार गर्न आवश्यक छः गृहमन्त्री लेखक

प्रकाशित मिति :  १३ श्रावण २०८१, आईतवार १३:१६


काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताउनुभएकाे छ । आज (आइतबार) सिहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ । र यसलाई हामीले सुधार गर्नु आवश्यक छ । स्वास्थ्य र सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ । भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ । बढी संख्यामा कैदिबन्दी राख्नुपर्ने स्थिति छ । त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ ।’

साथै लेखकले सुरक्षा व्यवस्थाको कुरापनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गर्नुभयाे । उहाँले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताउनुभयाे ।

साथै उहाँले अहिलेको समयमा अपराधका घटनाहरु धेरै बढेको बताए । उहाँले जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरु बढ्दै गएको बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !