६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘डिआइजी मनोज केसीलाई कसरि सरुवा गरियो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ’

प्रकाशित मिति :  १३ श्रावण २०८१, आईतवार १४:५२


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुँने बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् ।

उहाँले भन्नुभयाे, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण, के उदेश्यका लागी सरुवा गरिएको हो । यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’

साथै उहाँले यो गठबन्धन कुन उदेश्यले बनेको हो भनेर समेत प्रश्न तेर्स्याएका छन् ।

उहाँले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेरा भित्र रहेर अनुसन्धान हुनुपर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताउनुभयाे।

उहाँले मानव बेचबिखन र हातहतियार सम्बन्धि मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !