६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्वमन्त्री गोविन्दराज जोशी फेरि पनि भ्रष्टाचारी ठहर

प्रकाशित मिति :  १४ श्रावण २०८१, सोमबार १०:१२


काठमाडौं । सर्वोच्च अदालतले पनि पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ ।

यसअघि विशेष अदालतले उहाँलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले पनि उहाँलाई दोषी नै ठहर गरेको छ ।

सर्वोच्च अदालतले विशेष अदालतले गरेको सजाय केही घटाएको भए पनि सो मुद्दामा दोषी नै ठहर्‍याएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित जोशीलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । सो अदालतले जोशीलाई डेढ वर्ष कैद सजाय सुनाएको थियो ।

सर्वोच्च अदालतले जरिवाना र कैद सजाय भने घटाएको छ । सर्वोच्चले ६९ लाख १५ हजार रुपैँया जरिवाना तिरे पुग्ने फैसला गरेको छ । त्यस्तै नौ महिनाको जेल सजाय सुनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !