९ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सीआईटीको शेयरमा आवेदन दिने आज अन्तिम दिन, कतै छुट्नुत भएननी

प्रकाशित मिति :  १४ श्रावण २०८१, सोमबार ११:४९


काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी) को संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनिले उक्त शेयर साउन सात गतेबाट बिक्रिमा राखेको थियो ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त संस्थापक शेयरमा आज (साउन १४ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइनेछ ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ७०७ रुपैयाँमा बिक्री गर्ने गरी ५० हजार कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै आवेदन दिन पाउनेछन् ।

शेयर खरीदका लागि बोलकबोल गर्दा कम्तीमा १० हजार कित्ता र बढीमा १०० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरीदको मागसहित आवेदन दिन सकिनेछ ।

आवेदन फाराम बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा बुझाउनु पर्नेछ । आवेदन फाराम पनि सोही स्थानबाट पाइनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !