साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १२:१२

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।
0
Shares