६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रास्वपाका सांसद वाग्लेको अभिव्यक्ति देशविरोधी छ : सांसद पन्त

प्रकाशित मिति :  १४ श्रावण २०८१, सोमबार १५:५८


काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा उहाँले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देशविरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिदैँ आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरित रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘आज एकजना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लजास्पद् र खेदजनक छ । यस्तो कुराका आलोचना गर्नुपर्छ । रास्वपाका सांसद स्वर्णिमजी के भन्नु हुन्छ भन्दा म भारतीय मेरो अधिकारीहरुसँग भारत जादाँ भेट भएको थियो ।

विभिन्न भएको थियो ? अनि भन्नु हुन्छ हामीले भारतीय कुरा बुझ्नु पर्छ । उहाँको भनाई नेपालले दिदैँ आएको परराष्ट्र नीति, असंग्लन परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ताको विपरित छ । स्पष्ट रुपमा यसले देशविरोधी सार तत्वलाई बोकेको छ । यसले नेपालमा नेपालका देशभक्तहरुको अपमान गरेको छ ।’

यस्तै, सांसद वाग्लेको अभिव्यक्तिमाथि नेपालको संसदले अध्यन गर्नुपर्ने पनि उहाँको भनाई छ ।

उहाँले भन्नुभयाे, ‘यसमाथि नेपालको संसदले अध्यन गर्नुपर्छ । आफू सरहको एक सांसदबाट देशलाई अहित हुने कुरा, घुमाएर नेपाललाई भुटान बनाउने जबकी भुटान नै चीनसँग सम्बन्ध बनाउन खोज्दैछ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !