७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कसले बनायाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अपाङ्ग, कसले दियो पोखरेलीलाई धोका

प्रकाशित मिति :  १४ श्रावण २०८१, सोमबार १६:५५


काठमाडौं । अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुरै अपाङ्ग भएको छ । विमानस्थल अपाङग भएसँगै पोखरेलीले धोका पाएका छन् ।
विमानस्थलको राम्रो सँग हेरचाहा समेत कसैले गर्दैन । उद्धाको पर्खाइमा बसेको छ पोखरा विमानस्थल ।

जो कसैले देख्न सक्छन् अन्तर्राष्ट्रिय टर्मिनलको ढोकामा या वढेमानको ताला झुण्डिएको छ । भित्र अन्तर्राष्ट्रिय यात्रुहरुको लगेज कुरेर वसेको छ ट्रली । सामानको एक्स्रे गर्न नपाएर बसेको छ एक्स्रे मेसिन । कुर्सीहरु यात्रु कुरेर बसेका छन् । सबै समाग्री धुलोले ढाकिएर बसेका छन् । सबै समान दिन दिनै कमसल हुदै गएको छ ।

कुनै वेला हाई हाई भएको विमानस्थल अहिले पुरै घाँडो भएको छ ।
शिलान्यास नहुँदा शिलान्यास हुदैनकी भन्ने पीर । शिलान्यास भयो बन्दैनकी भन्ने पीर । बन्यो चल्दैनकी भन्ने पीर भनेझैं अहिले पोखरा अन्र्तराष्ट्रीय विमास्थल बनेर पनि पुरै अपाङगा भएर बसेको छ ।

सबै समान ठिक्क भएर मात्र सञ्चालनको तयारीमा वसेको विमानस्थल नचल्नु समग्र देशवासिको लागि दुःखको कुरा हो ।

२०७२ सालमा नेपालको आवाश्यकतालाई मध्यजनर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

पोखरा विमानस्थल बनाउन जग्गाको मुआव्जा समेत गरेर लगभग कुल ३८ अर्ब रुपैयाँ लगानी परेको छ ।

अबौं ऋणले बनेको उक्त विमानस्थल नचल्दा पोखरावासीलाई मात्रै नभएर समग्र देशवासिलाई नै टाउको दुखाईको विषय बनेको छ ।

अहिले सम्म सात वटा चर्टड गरेको सात विमानहरुबाहेक अन्र्तराष्ट्रीय स्तरका कुनै पनि जहाजले यहाँ ल्याण्डिङ गरेको छैन ।

सबै ठिक्क हुँदा समेत किन चलेन?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सबै कुरा सम्पन्न भएर पनि नचल्नुमा विशेष गरि भू– राजनीतिको प्रभाव रहेको पाईएको छ ।

सुरुमा एसियाली विकास वैंकसँग ऋण लिएर तयार गर्ने भनिएको उक्त विमानस्थल एडीवी बैंलाइे छिमेकी राष्ट्रले दवाव दिएर सम्झौतामा कार्यानयन गर्न नदिएर अलपत्र पार्न लगाएको उक्त विमानस्थललाई पछिल्लो समय चीनले सहयोग गरेको थियो ।

२ प्रतिशतको हाराहारीमा व्याजमा ऋण लिएर तयार पारिएको विमानस्थल चल्न नदिनको लागि अहिले व्यापक चलखेल भएको बुझ्न सकिन्छ ।
त्यसमा चीनको चाइना एक्जिम बैंकले २५ प्रतिशत विनाव्याजमा पनि ऋण लगानी गरेको थियो । कुल दुई सय १६ मिलियन अमेरिक डलर ऋण नेपालले चीन सँग लिएको हो । २५ प्रतिशत व्याजको ऋण र ७५ प्रतिशत २ प्रतिशतको ऋणको हिसाव गर्दा पहिला एसियाली विकास बैंकले दिने भनेको लोन भन्दा कयौ गुण सस्तो पर्छ ।

चीनको लगानी मन नपराउने छिमेकीको कारण गर्दा हवाई रुट नपाएको कारणले गर्दा अहिले उक्त विमानस्थल पुरै अलपत्र परेको छ ।

भन्नलाई जे भनेपनि हुने तर यथार्थ भने हवाईरुटको नै रहेको देखिन्छ ।

अहिले भैरहवाको गौतम बुद्ध अन्र्तराष्ट्रीय विमानस्थल पनि दक्षिण छिमेकीकै कारण सञ्चालनमा नआएको कुरा बाहिर आएको छ ।

आफूलाई फाईदा पुग्ने ठाँउमा लगानी वढाउदै कुखुरालाइै चारोको व्यवस्था गरेको जसरी व्यवहार गर्दै आएको भारतले नेपालको आन्तरीक कुरामा हस्तक्षेप गरेर ऋणको वोझ वोकाउनु भने पक्कै पनि राम्रो कुरा होइन ।

डलरमा ऋण लिएर निमार्ण गरेको उ क्त विमानस्थल नचल्नु भनेको पोखरावासीलाई मात्र नभएर समस्त राष्ट्रलाईनै घाँटाको कुरा हो ।

नेपालको लागि भारत र चीन दुबै छिमेकी राष्ट्रहरु बराबर हुन् । नेपालले भारत सँग सम्झौत गरे चीन रिसाउने र चीन सँग कुनै सम्झौता गरे भारत रिसाउने यो परम्परा पक्कै पनि राम्रो होइन ।

तर चीन नभएर भारत यो मामिलामा अगाडी रहेको कुरा प्रश्ट छ ।

सोही कारण चीनको लगानीमा वनेको भनिएको विमानस्थललाई असफल बनाएर रमिता हेर्न भारतले थालेको बुझिन्छ ।

अलिअलि एमसीसीको वहानामा अमेरिकाले पनि नेपालमा चीनको लगानी रुचाउदैन ।

यो विमानस्थल असफल बनाएर नेपालको विकासमा चीनको योगदान निमिट्यान्य पार्नकै लागि अहिले अहिले केही राष्ट्रहरु लागी परेको पाईन्छ ।

अहिले पोखरा अन्र्तराष्ट्रीय विमानस्थल नचल्दा बर्षेनी करोडौ नेपाललाई घाँटा भइरहेको छ । हेर्दा भव्य सानदार देखिने उक्त विमानस्थलको ऋण अब पाँच वर्षमा दोव्वरले वडेर जाने देखिन्छ ।
तर पनि उक्ति विमानस्थल सञ्चालनको कुनै प्रकृया थालिएको छैन ।

यसै गरी चीनको लगानीमा झापामा बन्ने भनिएको औद्योगिक पार्क पनि केही व्यक्तिहरुले असफल बनाउन मरिहत्ते लागि परेका छन् ।

तर पोखरा अन्तर्राष्ट्रीय विमानस्थल नचल्नुमा भू– राजनीतिनै प्रमुख कारण रहेको पाईन्छ भने छिमेकी राष्ट्र अनि छिमेकी राष्ट्रको इसारामा चल्ने सरकारले पनि पोखरेलीलाई धोका दिएको कुरा छर्लङ्न भएको छ ।

 

 

 

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !