६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब साना दलले च्याँखे थापेर ठुला दललाई घुमाउने दिन सकियाे : गोकुल बास्कोटा

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १६:४९


काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले अब साना दलले च्याँखे थापेर ठुला दललाई घुमाउने दिन सकिएका बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले २०८४ सालको निर्वाचनमा तरकी गरेर देखाउन उहाँले माओवादी लगायतका दललाई आग्रह गर्नुभयो । ‘थोरै सिटका च्याँखे दाउको राजनीति अब सकियो, अब खाल उठ्ने भयो, टाट उल्टिने भइयो भन्ने पीडा नराख्नुस् २०८४ आउँदै छ त’ बास्कोटाले भन्नुभयो ।

समावेशिताको विरुद्ध कोही पनि नभएको बताउँदै बास्कोटाले समावेशिता नेपाली राजनीतिको सिद्धान्त भएको प्रष्ट पार्नुभयो । महिला सशक्तीकरणको निम्ति सोझै रोटेसनको आधारमा निर्वाचनमा लैजान उहाँले आग्रह गर्नुभयो । गोजीको ३३ प्रतिशत छुट्टाइराख्न आवश्यक नरहेको बास्कोटाले स्पष्ट पार्नुभयो । अझै वैज्ञानिक बनाएर जनताले छान्ने अधिकार दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

अहिले राष्ट्रिय पार्टी समेत बन्न नसकेकाको दलका नेताहरूले अस्पताल बनाउने हो भन्दै प्रश्न गरेको प्रति बास्कोटाले आलोचना गर्नुभयो ।

बास्कोटाले नेपालमा अब कोही नयाँ र पुराना दल नभएका पनि बताउनुभयो । दुई दुईपटक सरकारमा गएका दलहरू पुराना नहुने र उनीहरूको पनि कार्यशैली देखिएको बास्कोटाले टिप्पणी गर्नुभयो । ‘दुई पटक सत्तामा गएको दल कसरी नयाँ हुन्छ’, उहाँले भन्नुभयो ।

कानुनभन्दा माथि कोही नरहेको बताउँदै बास्कोटाले एउटाले अर्कालाई आरोप लगाउने भन्दा पनि जुन विषय उठ्छ त्यसैमा छलफल गर्नुपर्ने बास्कोटाले बताउनुभयो । तैँले गर्दा मैँले किन गर्न नपाउने भनेर कानुन विपरीत काम गर्नेहरू उम्कन नपाउने बास्कोटाले स्पष्ट पार्नुभयो ।

उहाँले सबै राजनीतिक दललाई आआफ्नो सामर्थ्यमा चल्न आग्रह गर्नुभयो । अब हिजोको पीडा बोकेर नहिँड्न सबै राजनीतिक दलका नेताहरूलाई आग्रह गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !