६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रवि लामिछाने आफू गल्ती गर्दै, आक्षेप कांग्रेस र एमालेलाई लगाउने भन्दै आपत्ति : ईश्वरी न्यौपाने

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १६:५८


काठमाडौं । प्रतिनिधि सभा सदस्य ईश्वरी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गल्ती आफूले गर्ने र सबै आक्षेप कांग्रेस र एमालेलाई लगाउने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालमा बस्दा नेपाली नागरिकता समेत नलिएर गल्ती गर्ने लामिछाने आक्षेप जति अरूलाई लगाएर आफू चोखो हुन खाेजेको बताउनुभयो । नेपाली नागरिक नै नहुँदा नेपालमा बसेर उहाँले गरेको काम कारबाहीलाई कसरी मूल्याङ्कन गर्ने ? भन्दै न्यौपानेले प्रश्न गर्नुभयो ।

सहकारी ठगी प्रकरणमा पनि उहाँ माथि छानबिन भइरहेको बताउँदै उहाँले त्यसको कागज सडकमा फालिदिन दिएको अभिव्यक्ति प्रति पनि न्यौपानेले आपत्ति जनाउनुभयो । संसदीय छानबिन समितिले सडकमा कागज नफाल्ने उहाँले बताउनुभयो ।

जिम्मेवार तहमा बस्नु भएका उपसभामुख माथि मानव तस्करीको आरोप लागेको त्यसको छानबिन हुनु पर्ने बताउँदै न्यौपाने सो घटना प्रति सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले देश विरुद्ध दिएको अभिव्यक्तमा पनि सो पार्टीको धारणा आउनु पर्नेमा उहाँले जोड दिनुभयो । आफ्ना पार्टीका नेता प्रति कुरा उठ्ने बित्तिकै विषयान्तर  गरेर भाग्न नमिल्ने वाग्लेले प्रष्ट पार्नुभयो ।

किसानलाई केन्द्रमा राखेर सरकारले काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । एक अर्कालाई दोषारोपण गरेर मात्र देश अघि नबढ्ने उहाँले धारणा राख्नु भयो ।

राजनीतिक दलका छलफलहरू सरकार बनाउने र ढाली रहने कुरामा केन्द्रित भएको उहाँले बताउनुभयो । ‘सरकारलाई जनताको पक्षबाट एक इञ्च पनि बाहिर गएर काम गर्ने छुट छैन’, उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !