भू– राजनीतीको चपेटामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
– प्रदिप तिमल्सिना–
काठमाडौं । अब विमानस्थलको सबै काम सकियो, उडान पो पहिलो अन्तर्राष्ट्रिय गर्ने कि आन्तरिक गर्ने भनेर केही समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विवाद नै भएको थियो ।
सकिन्छ भने दुवै फ्लाईट एकै चोटी गरौं सकिदैन भने सुरुमा अन्तर्राष्ट्रिय उडानै पहिलो हुनुपर्छ भनेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो विवाद हुन्थ्यो ।
सबै सकारात्मक विवादलाई चकनाचुर पार्दै निर्माण सम्पन्न पोखरा विमानस्थल अहिले अलपत्र छ ।
विभिन्न कारण देखाएर अलपत्र पारिएको विमानस्थलको प्रमुख कारण भनेको भू– राजनीती नै हो ।
अन्य कारण चाहिँ बनावटी कारण हो । तर यर्थाथ कारण भू– राजनीती कारण चाहिँ यहाँ लुकाइएको छ ।
ऋण गरेर ल्याएको अरबौं रुपैयाँ नेपालीको टाउँकोमा वोकिने र विमानस्थल चल्न नदिने भनेको अनौठो कारण हो ।
नेपालमा जे जति ठूला विकास आयोजना भएका छन् ति सबैमा आफ्नो कव्जा जमाउने छिमेकी राष्ट्रको धारणाका कारण पोखरा विमनस्थल अलपत्र परेको जानाकारहरु बताउँछन् ।
नेपालको आन्तरिक विमानस्थलहरमा सबै भन्दा बढी चलन चल्तिको विमानस्थल हो पोखरा विमानस्थल । उक्त विमानस्थललाई अन्तर्राष्ट्रीय स्तरको बनाउदा नचल्ने भन्ने कुरै आउदैन थियो ।
तर जे भएको हो त्यो नभनेर विमानस्थललाई सञ्चलनमा ल्याउँदा नेपालमा बीआरआई कार्यान्वयनकाे झल्को जान्छ भनेर उक्त विमानस्थल सञ्चालनमा केही तत्वहरुले अबरोध श्रृजना गरेको पाईन्छ ।
नेपाली राजनीतिमा खेल्न पल्केका अन्य देशहरुले चीनले धेरै व्याजदरमा नेपालीलाई लादेको भनेर पनि विभिन्न प्रकारको प्रश्न खडा गरेका छन् । जुन कुनै पनि हालतमा जायज छैन ।
नेपालमा पोखरामा अन्तर्राष्ट्रीय स्तरको विमानस्थल नचाहिने र विनाकाममा वनेकाको भनेर पोखरा विमानस्थलाई असफल पनि बनाउन केही राष्ट्रहरु नेपाली मनिस उचाल्न समेत लागि परेका छन् ।
विशेष गरि उक्त विमानस्थल सञ्चालनमा आउँदा नेपालको पर्यटकीय नगरी पोखरामा चमत्कारनै हुने थियो । गण्डकी प्रदेशको मुटुमा रहेको पोखरामा गण्डकी प्रदेशवासीलाई सो विमानस्थलले धेरै राहत दिने थियो ।
गण्डकीवासीलाई मात्र नभएर समग्र नेपालको निम्तिनै उक्त विमानस्थल गौरवको कुरा थियो ।
लाखौंको संख्यामा पोखरा घुम्न भनेरै आउने पर्यटकहरु सिधै पोखरा पुग्न पाउँने थिए । जसले गर्दा पोखराको मात्र नभएर समग्र देशकोनै पर्यटक क्षेत्रमा बृद्धी आउने थियो ।
यस्तो महत्वपूर्ण कुरामा प्रतिशोध साधेर विमानस्थल सञ्चालनमा रोक्नुभनेको पक्कै पनि राम्रो होइन ।
उसो त नेपालमा भारतीय र अमेरिका निकट प्रोजेक्टहरु जबरजस्ती तरिकाबाट भएपनि लाद्ने र चीनको लगानी मात्र परेको विमानस्थल सञ्चालनमा रोकलगाउने किसिमले नेपालको आन्तरिक मामिलामा खेल्न खोज्नु यो भने रहस्यमय नै छ ।
उदाहरणको लागि अमेरिकी परियोजना एमसीसी । जुन सदनबाटै अनुमोदन गरियो । तर नेपालले व्याज सहित फिर्ता गर्नु पर्ने गरि ऋण लिएर वनाएको उक्त परियोनामा विभिन्न भू–राजनिती अबरोध आउनु रहस्यमय नै हो ।
केही महिना अघि भारतले नेपालको मनाङ जिल्लामा दलाई लामा अमेरिका गएको वेलामा गुम्वा स्कुलको उद्धघाटन गरेको थियो ।
सो स्कुल त प्रतिनिधि घटना मात्र हो भारतले चीन सँग सिमान जोडिएका नेपालको संवेदनशिल क्षेत्रमा आफ्नो कब्जा जमाउने काम गरिरहेको हामिले देख्न सक्छौ । फेरी मनाङ जिल्ला पनि गण्डकी प्रदेशमै पर्छ ।
अहिले सबै निर्माण सम्पन्न भएको विमानस्थललाई सञ्चालन गर्न नदिई हरेक नेपालीको टाउकोमा ऋण थपिदिने कार्य जसले गरेपनि राम्रो भने गरेको छैन ।
निर्माण सम्पन्न भए पछि कुनै पनि नेपालको सरकारले उक्त विमानस्थल सञ्चालनमा कुनै प्रकारको पहल गरेको भने पाइएको छैन ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ पौष १७ गते उद्धघाटन गरेको उक्त विमास्थल भू– राजनीतिकै कारण उहाँले पछि सञ्चालनको लागि कुनै पहल नगरेको पाईन्छ ।
त्यसैले अब वनेको सरकारले भने केही पहल गर्छ की त्यसको भने विचार गर्न बाँकी छ ।
(लेखक प्रदिप तिमल्सिना अन्तर्राष्ट्रिय क्षेत्रको विषयमा कलम चलाउन रुची राख्नुहुन्छ)