११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिआरआई शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु: विष्णु रिजाल

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १७:४२


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभएकाे छ ।्मं

गलबार चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा उहाँले दुई देशबीचकाे सम्बन्ध समस्या मुक्त रहेकाे समेत दाबी गर्नुभएकाे थियाे ।

उहाँले भन्नुभयाे, ‘दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ ।  नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ । बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !