६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

तेह्रथुमका जनप्रतिनिधि र कांग्रेस–एमालेका नेता काठमाडौंमा, भोलि प्रधानमन्त्रीलाई भेट्ने

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १८:३८


काठमाडौं । तेह्रथुम जिल्लाका जनप्रतिनिधि तथा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू काठमाडौं आउनुभएको छ ।

तेह्रथुम जिल्लाको विकास र समृद्धिका विषयहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उहाँहरू काठमाडौं आइपुग्नु भएको हो । जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले मंलबार काठमाडौंमा संयुक्त बैठक आयोजना गर्नुभएको छ ।

म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेको संयोजकत्वमा तेह्रथुम जिल्लाका राजनीतिक दलहरूका प्रमुख तथा प्रतिनिधि, निर्वाचन क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभाका सदस्य, तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सरोकारवाला निकायको संयुक्त उपस्थितिमा काठमाडौंको होटेलमा भएको बैठकले सो जिल्लामा निर्माण सुरु भई अलपत्र परेका योजना लगाइतका विभिन्न क्षेत्रका काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ ।

बैठकमा प्रतिनिधि सभा सदस्य सिता गुरुङ, कोशी प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल, कमला दर्नाल, नेकपा एमाले निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बा, नेकपा एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, नेकपा एमाले केन्द्रीय सदस्य टङ्क आङ्बुहाङ, विष्णुमाया बिक, एमाले प्रदेश कमिटी सदस्यहरू, नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुन तुम्बाहाम्फे लगायतको सहभागिता रहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !