८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

प्रकाशित मिति :  १६ श्रावण २०८१, बुधबार ०८:१५


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा बेलायती पाउण्डको विनिमय दर सामान्य अंकमा बढेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ ।

त्यसैगरी, युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७९ पैसा र बिक्री दर १७२ रुपैयाँ ५६ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !