११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जोखिममा पर्ने घरहरुको क्षतीपूर्ती बारे सरकार सकारात्मक छ : मन्त्री दाहाल

प्रकाशित मिति :  १६ श्रावण २०८१, बुधबार १५:०१


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङ मार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतीपूर्ती दिने बताउनुभएकाे छ ।

बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उनले जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर घरको हकमा क्षतीपूर्ती दिने भन्दै जग्गाको विषयमा भने अलि विवाद भइरहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर के गर्ने भनेर निष्कर्ष निकालेका छाैँ । त्यसको क्षतीपूर्ती दिने बारेमा हामी एकदमै सकारात्मक छाैँ । क्षतीपूर्ती दिनुपर्छ भनेर मानसिकता पनि बनाइसकेको अवस्था छ । घरको हकमा क्षतीपूर्ती दिने कुरा भएको छ तर जग्गाको विषयमा भने अलि विवाद रहेको हुनाले त्यसबारे छलफल गर्दैछौँ ।’

उहाँले सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा प्राविधिक, भूगोल विद्हरुसहितको परामर्श समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाई रहेको बताए ।

उहाँले भन्नुभयाे, ‘यसलाई हामीले जसरी भए पनि सफल गर्नुपर्छ । हामीले पहिलो नम्बरमा जनतालाई सम्बोधन गर्नुपर्ने हुन्छ, सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा एउटा समिति, परामर्श समिति भनेर प्राविधिक, भूगोल विद्हरुसहितको समिति बनाएका छौ । त्यो समितिले अध्यन गरेर एउटा प्रतिवेदन बुझाएको छ । त्यो प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाई रहेका छौ ।’

यसको साथै, पानी सुकेको र सिचाईको व्यवस्थाको सन्दर्भमा सिचाई विभागसँग कुरा गरेर समस्या समाधान गर्ने पनि उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !