एमालेको रिक्त उपाध्यक्षमा गुरु बराल
प्रकाशित मिति : 1 August, 2024 5:04 pm
काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य समते रहेका बराललाई नियुक्त गरेको हो ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो ।
0
Shares












