डीजी प्रदीप अधिकारीको बोल्ड निर्णय, थाइ एयर एसियालाई भैरहवाबाट ४ उडानको अनुमति
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १७:२६

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाइ एयर एसियालाई भैरहवाबाट व्यावसायिक उडान गर्ने अनुमति दिएको छ ।
थाइ एयर एसियाले ७ वटा उडानको अनुमति मागेकोमा ४ वटा भैरहवा र ३ वटा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न अनुमति क्यानले दिएको हो ।
क्यानका महानिर्देशक डीजी प्रदीप अधिकारीको बोल्ड निर्णयले अब अन्य अन्तर्राष्ट्रिय उडान हुने पनि बताइएको छ ।
हाल भैरहवाबाट हप्ताको एउटामात्र उडान नेपाल एयरलाइन्सले गरिरहेको थियो ।
उक्त उडान भैरहवाबाट बैंककसम्म हुदै आएको छ ।
0
Shares