२६ पुष २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दर्शन सहकारीमा भयो पाँच अर्ब घोटला, पिडित न्याय माग गर्दै प्रधानमन्त्रीकोमा जाने

प्रकाशित मिति :  १८ श्रावण २०८१, शुक्रबार १४:१७


काठमाडौं । कीर्तिपुर वडा नंवर ९ स्थित दर्शन बचत तथा ऋण सहकारी सस्थाले बचतकर्ताको पाँच अर्ब रुपैयाँ घोटला गरेको छ ।

सहकारीका पदाधिकारी, सञ्चालक तथा सीइओको मिलेमत्तोमा उक्त ठूलो रकमको घोटला भएको कुरा बाहिर आएको हाे ।

बचतकर्ताको रुपैयाँ सञ्चालक, पदाधिकारी तथा सीइओको आफ्ना आफन्तलाई मिलेमतोमा दिएको कुरा समेत बाहिर आएको छ ।

विना धितो संचालक समितिका सदस्य शान्ता कुमारी राईले उहाँको छोरा गाएक धिरज राईलाई दुई करोड पचास लाख रुपैयाँ दिलाएको समेत कुरा बाहिर आएको छ ।

विभिन्न पिडितहरुले आफ्नो बचत भएको रुपैयाँ खोज्न जादा विभिन्न वहान वनाएर टार्ने गरेको र नपाएपछि संका वढ्दै गएपछि पछि मात्र थाहा पाएको पिडितहरुको भनाई छ ।

अहिले उक्त सहकारीबाट पीडित भएको व्यक्तिहरुले आफ्नो बचत तथा निक्षेप फिर्ताको लागि कानुनी प्रकृयामा लागि पटक पटक सक्वन्धित प्रदेश मन्त्रालयको सहकारी महाशाखामा समन्वय गर्दा समेत कतै बाट न्याय नपाएको पिडितहरुको भनाई छ ।

निक्षेप कर्ताले बचत गरेकै पैसाको अभावमा कतिले ज्यान गुमाईसकेको र कोही विमारी भएर बसेको समेत पाइएको छ ।

पिडितहरुले कतैबाट न्याय नपाएपछि उक्त सहकारीका अध्यक्ष दिनेश दर्शन धारीको घरमा गएर समेत पिडितले आत्मा हत्याको प्रयास गरेका थिए । तर आत्मादाहकाे  प्रयास गर्दा प्रहरीले तत्कालै उद्धार गरेको थियो । उक्त घटना ०८१ असार १८ गते विहान ७ः३० को हो ।

कसै गर्दा समेत पार नलागेपछि दर्शन सहकारीका पिडितहरुले अहिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बझाउन थालेका छन् ।
उनीहरुले सञ्चालक, पदाधिकारी तथा सीइओलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा पीडितहरुको निक्षेप तथा बचत रकम सुरक्षित फिर्ता गराउने पहल प्रधानमन्त्रीलाई गरिदिन अहिले  पिडितकाे हस्ताक्षर भएकाे  ज्ञापन पत्र बुझाउन थालेका छन् ।

यासो गर्दा समेत न्याय नपाए आत्मादाह गर्ने समेत उनीहरुले बताएका छन् ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !