राजदूत भन्दैमा यस्ताे अस्वभाविक कुरा ‘त्यसो भए चुम्बक खोज’ पनि बाेल्ने हो ?
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले अत्यन्त संवेदनशिल कुरामा मजाक गर्दै टिप्पणि गर्नु भएको छ ।
उहाँले सिमलताल दुर्घटनामा हराएका बस र यात्रुको खोजीमा सहयोग गर्न नेपालको आग्रहमा आएका भारतीय गोताखोरले प्रयोग गरेको चुम्बक हराएको
विषयलाई लिएर अत्यन्तै गैर जिम्मेवार तरिकाबाट टिप्पणि गर्नु भएको थियो ।
उहाले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको थियो ‘त्यसो भए चुम्बक खोज’ ।
नेपालको आग्रहमा आएको भारतिय टिमलाई यसरी होच्याएर बोल्नु भनेको त्यो गैर जिम्मेवार अभिव्यक्ति नै हो ।
उक्त सिमलतालको बस दुर्घटना पछि नेपाल पुरै सोकमा डुवेको छ ।
नेपालमा उक्त बस दुर्घटनाको घाउ सेलाउन नपाउदै फेरि जहाज दुर्घटना भएको थियो । यसरी पुरै देश सोकमा डुवेको वेला कुनै देशको राजदूतले यसो भन्नु भनेको त्यो अत्यन्तै गैर जिम्मेवार कुरा हो । त्यो पदिय मयर्दा विपरितको कुरा पनि हो ।
अहिले यो राजदूतको अभिव्यक्तिले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि प्रवेस पाएको छ ।
यसरी एउटा राजदूतले पदिय मर्यदा भन्दा वाहिर गएर अभिव्यक्ति दिनु समग्र नेपालीको लागि गम्भिर कुरा हो ।