कोटिहोममा अनिरुद्धाचार्यको प्रवचन : ‘धर्म परिवर्तनले चिन्तित गराएको छ’

काठमाडौं । भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपमा पवित्र ठाउँ भएको बताउनुभएकाे छ ।
ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौं आइपुगेका अनिरुद्धाचार्य जी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसंग जोडिएको बताउनुभएकाे हाे ।
उहाँले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए । सबै मानव जाति एक भएको उल्लेख गर्दै जातका आधारमा भेदभाव र छुवाछुत गर्न नहुने बताए । उनले नेपालमा पछिल्लो समय धर्म परिवर्तनका घटना धेरै घट्दै गएको समेत दाबी गरे । यसरी धर्म परिवर्तन गर्दै लगे नेपाल हिन्दु राष्ट्र नरहने बताउनुभयाे ।
उहाँले नेपाल र भारतका केही जनता आफ्नो देशमा बसेर अन्य देशको प्रशंसामा बढी समय खर्चिरहेको बताए । जुन माटोमा हामी बस्छौं त्यो माटो माथि विश्वासघात गर्न नहुँने उनुभयाेको सुझाव थियो ।
उहाँले नेपालको सबैभन्दा नजिकको मित्र भारत रहेको बताउँँदै नेपाल र भारतबीचको सम्बन्ध सँधै असल रहने बताए । भारतका कारण नेपालको अर्थतन्त्र मजबुत हुँदै आएको दाबी गर्नुभयाे ।
उहाँले चीन(चिनियाँ नागरिक) नेपालमा आए कहिले पनि पशुपति र गण्डकीको दर्शन नगर्ने पनि बताए । उनले नेपालको धर्मसँग चीनको केही सम्बन्ध नरहेको जिकिर गर्नुभयाे।
मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भाग लिन र पशुपतिको दर्शनका लागि शनिबार नै उनी नेपाल आएका हुन् । उनी शनिबार नै फर्किने तालिका छ ।
भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार हिन्दू धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा सपर्पित अनिरुद्धाचार्यको सनातन हिन्दूधर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रुचि रहेको छ ।
स्वदेश तथा विदेशमा नाम चलेका कथा वाचक एवं वाचिकद्वारा वाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ ।