१६ फाल्गुन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बिकेन्द्रिकृत ढल व्यवस्थापन प्रणालीले गर्छ फोहर व्यवस्थापनमा ठूलो सफलता

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १४:१६


–ईं. सगुन सागर जोशी

काठमाडौं । केन्द्रिकृत ढल व्यवस्थापन प्रणाली लागु गर्दा ठुला र धेरै जनसङ्ख्या भएका सहरहरुलाई चुनौती देखापरेको छ । त्यस्तै नेपालका पनि ठुल–ठुला सहरहरुले त्यो समस्या भोग्दै आएको परीपेक्षमा विश्वका अन्य सहरहरुमा बिकेन्द्रीकृत ढल व्यवस्थापन प्रणाली अपनाउदै फोहोर व्यवस्थापन मा ठुलो सफलता हातपारिरहेका छ्न ।

बिकेन्द्रीकृत ढल/फोहोर व्यावस्थापन प्रणालि भनेको के हो ?

बिकेन्द्रीकृत ढल÷फोहोर व्यावस्थापन प्रणाली भनेको अर्थात्ब (Decentralized Solid Waste/Wastewater  Management System) भनेको यसले स्थानीय स्तरमा फोहोर व्यवस्थापन गर्दछ अर्थात् फोहोरको संग्रह, निकास, र पुनः प्रयोग गर्ने प्रक्रिया विकसित गर्दछ। यस्तो प्रणाली केन्द्रीकृत फोहोर व्यवस्थापन प्रणालीबाट भिन्न छ, जसमा समुदायमा फोहोरको प्रबन्ध स्वयंसेवकहरूबाट गरिन्छ र स्थानीय आवश्यकताहरू अनुसार तत्काल निर्मित, संचालन र परिरक्षण गरिन्छ।
जहा उत्पादन भयो त्यही फोहोर व्यवस्थापन र संशोधन गरि फोहोर उत्पादन घटाउन र व्यवस्थापन गर्न थप मदत गर्द्छ ।

नेपालका धेरैजस्तो स्थानीय तह हरु भित्र का साना सहरहरु ।फोहोर व्यवस्थापन को चुनौति खेपिरहेका छ्न सरकारले यसको समाधान को निमित्त कुनै ठोस योजना अघि सारेको देखिदैन्। जसले भविश्य मा फोहोर र कुरुप सहरहरु मात्र हैन हाम्रा प्राकृतिक पानीका स्रोत हरु दुषित प्रदुष्ण को सिकार हुने पक्का जस्तै छ । स्थानिय तह र बिकशित हुदैगरेका साना सहर हरुमा । बिकेन्द्रीकृत फोहोर व्यवस्थापन को जनचेतना दिनु मात्रै हैन कसरि कुन तरिकाले स्थानिय स्तर मै फोहोर व्यवस्थापन गर्न सकिन्छ भन्ने ट्रेनिङ दिनु जरुरि छ ।

बजेट को पुर्ण अधिकांश प्रतीसत अर्थहिन भिउटावर , जस्ता आर्थिक दोहन गरिरहेका स्थानियतह हरु जस संग धेरै क्षेत्रफल मा जमिन उपलब्धता छ । उनिहरुलाइ फोहोर व्यवस्थापन मा जोड्नु जरुरी छ । सजिलै र सहजै थोरै बजेट मा बनाउन सकिने प्रशोधन केन्द्र हरु स्थानियतह ले बनाउनु जरुरि छ । कुनै नयाँ टेक्नोलोजि प्रयोग नगरि भिभिन्न भौतिक संरचना हरु निर्माण गरि एक बाट अर्को मा फोहोर प्रशोधित गर्दै पठाएर अन्तिम मा त्यो पानी लाइ कुनै सिँचाइ लगाएत का ठाँउ मा पर्योग गर्नसकिन्छ । बिकसित देश हरुले केहि सार्वजनिक संस्था र सरकारि निकाए , औधोगिक क्षेत्र हरुलाइ अनिवार्य  DEWATS प्रणाली अपनाउन नियमन गरिरहेका छ्न ।

यस्को केहि प्रशोधन गर्ने तरिका हरु तल तश्वीर मा हेर्नसकिन्छ ।

 

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !