१६ फाल्गुन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिक्षकलाई लाञ्छना लगाएर शिक्षाको गुणस्तर खोज्न सकिँदैन : विद्या भट्टराई

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १४:४०


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियता कमाउने नाममा कसैलाई अनावश्यक लाञ्छना लगाउन नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले शिक्षकहरूलाई झोलेको आरोप लगाएर उनीहरूबाट शिक्षाको गुणस्तर खोज्न नसकिने बताउनुभयो । भट्टराईले लोकप्रियतावादी कुराले मात्र समाजको नेतृत्व गर्न नसकिने बताउनुभयो ।

उहाँले शिक्षा ऐन विचाराधीन रहेकाले अहिले विद्यमान कानुन भित्रै रहेर काम गर्नुपर्ने बताउनुभयो ।  उहाँले शिक्षकलाई लाञ्छना लगाएर आफू चोखो बन्ने र लोकप्रिय बन्ने बिचार हानिकारक रहेको बताउनुभयो । ‘शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन भन्ने ? तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन सकिँदैन’, उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !