एमाले सुनापती–काठमाडौं सम्पर्क मञ्चमा सर्वसम्मत नेतृत्व चयन
काठमाडौं । नेकपा एमाले रामेछाप सुनापती–काठमाडौं सम्पर्क मञ्चको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । जसको अध्यक्षमा विकल योञ्जन लामा विशाल चुनिनुभएको छ ।
यसैगरी उपाध्यक्षमा ताराकुमारी ग्याबा तामाङ र सुरेश खड्का निर्वाचित हुनुभएको छ । सम्पर्क मञ्चको सचिवमा ईश्वर तिमिल्सिना छानिनु भएको छ ।
त्यस्तै उपसचिवमा विष्णुप्रसाद चौलागाईँ र विमला लामा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा धनबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा क्रमशः रेसम मानन्धर, अभिषेक मानन्धर, अमर राना मगर, सुजन खड्का, दुर्गाबहादुर चौलागाईँ, पूजा गौतम, दुर्गा खत्री र बुद्धिलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमल चौलागाईँको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल लगायत प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया लगायत जिल्ला तथा पालिका कमिटीका नेताहरू, सम्पर्क मञ्चका नेताहरू, जनसंगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो ।