६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भोलि विश्वासको मत लिँदै

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १४:४७


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोली विश्वासको मत लिनु हुने भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।

कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ । कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० सांसद छन् । दुई दलका प्रदेश सभा सदस्यको मत उहाँलाई विश्वासको मत पाउन पुग्ने छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको प्रदेश सभामा १३ जना सदस्य छन् भने एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक÷एक प्रदेश सभा सदस्य छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !