६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकार निरंकुश बन्नसक्छ, खबरदारी जरुरी छ : डा. शेखर कोइराला

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १८:१०


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदका दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताउनुभएकाे छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको भन्दै सरकारलाई ठिक बाटोमा ल्याउन आवाज उठाउनुपर्ने धारणा राखे ।

उनले भने,‘अहिले कहिँकतै केही कमजोरीहरू सरकारमा देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ । किनभने दुईवटा ठूला दल सरकारमा छन् । नेपाली कांग्रेस र एमाले ठूला दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने पनि त्यतिकै शंका छ । हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कैपनि सरकार ठिक बाटोमा हिंड्छ र हामी अगाडि बढ्न सक्छौ
।’

नेता कोइरालाले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएकालगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको बताउनुभयाे ।

‘नेपाली कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लाने, मजबुत कसरी बनाउने भन्ने चिन्ता छ । राजनीतिक स्थायीत्व भएन भनेर सरकार बनाएको हो । यसले नीति पनि परिवर्तन हुन्छ र अप्ठेरा परिस्थिति पनि सिर्जना गर्छ । सरकारमा स्थायीत्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुन सक्ने लगायतका कारणले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौँ,’ उहाँले भन्नुभयाे,उहाँले अहिले पार्टी कमजोर भएको र नेताहरू कहिँकतै अल्झिएको जस्तो अनुभुती भएको बताए । ०८४ को निर्वाचनमा कुनै दलको बैशाखी लिएर नभई एक्लै चुनाव लड्ने क्षमता बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !