१६ फाल्गुन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दाङमा बाढीबाट एक जनाको गयाे ज्यान

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १९:४७


काठमाडौं । दाङमा बाढीबाट एक जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार तुलसिपुर उपमहानगरपालिका वडा नं ४ की मन्जु खड्काको ज्यान गएको हो ।

यस्तै प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न ठाउँमा पहिरो जाँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ की ४४ वर्षीया घमण्डी थापा, ५५ वर्षीया धनसोभा बुढा, २६ वर्षीया संगे महतरा र २३ वर्षीय युवराज बुढा घाइते भएका छन् ।

यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ बस्ने ३६ वर्षीया जमुना बिक पनि घाइते भएको प्रहरीले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !