६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेश सभामा विश्वासका मत लिँदै

प्रकाशित मिति :  २१ श्रावण २०८१, सोमबार १०:२०


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेश सभामा विश्वासका मत लिँदै हुनुहुन्छ ।

विश्वासको मत लिने प्रयोजनको लागि आज दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ । मुख्यमन्त्री कँडेलले आज दोस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।

कँडेल नेकपा माओवादीको समर्थनमा चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा सत्ता समीकरण फेरिएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्री कँडेललाई विश्वासको मतका लागि २१ मत आवश्यक पर्दछ । नयाँ सत्ता समीकरणका नेकपा एमाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यको मतले उहाँलाई विश्वासको मत पुग्छ ।

प्रदेश सभामा एमालेका १० र नेपाली कांग्रेसका १४ सदस्य छन् । दुई दलका सदस्यको २४ मत छ ।

त्यस्तै माओवादी केन्द्रका १३ जना सदस्य छन् । राप्रपा तथा एकीकृत समाजवादी र स्वतन्त्र एक–एक प्रदेश सभा सदस्य छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !