६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको छ : सापकोटा

प्रकाशित मिति :  २१ श्रावण २०८१, सोमबार १५:२२


काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका व्यक्त गर्नुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सरकरले नियम उल्लंघन गरेर नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएकोप्रति आपत्ति जनाउनुभयाे ।

उहाँले भन्नुभयाे,‘सरकार पछिल्ला घटनाक्रमहरु हेर्दा नेपाल विद्यतु प्राधिरणको दुईजना सदस्यहरुको बर्खास्तीसम्म पुग्दाको अवस्था हेर्दा कपिल आचार्य र भक्तबहादुर पुनलाई नियम उल्लंघन गर्दै बर्खास्ती गरिएको छ । यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु । सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका लाग्छ ।’

उहाँले सार्वजनिक लेखा समितिको सभापतिले निर्णयलाई लत्याएर उल्टयाउने उद्देश्यकासाथ अनैतिक रुपमा होटलमा बसेर छलफल गरिरहेको आरोप लगाए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !