नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ११:५२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रम बैठकका मुख्य एजेण्डा रहेका छन् ।
बैठकमा महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्ने बताइएको छ ।
पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडातहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
0
Shares