११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै दलहरु मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौँ : गृहमन्त्री लेखक

प्रकाशित मिति :  २३ श्रावण २०८१, बुधबार १२:५६


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सबै दलहरु मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताउनुभएकाे छ ।

आज (बुधबार) टीआरसी विधेयकमा सहजिकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘हामीले एउटा ठुलो उपलब्धि सबै दलहरू मिलेर प्राप्त गरेका छौं भन्ने हामीलाई लागेको छ , किन भने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्यौं, शसस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भइसकेपछि मुलुकले धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ ।’

साथै उहाँले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गर्नुभयाे । उहाँले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !