११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचे : अध्यक्ष दाहाल

प्रकाशित मिति :  २३ श्रावण २०८१, बुधबार १६:००


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताउनुभएकाे छ ।

आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे , ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो , त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराएँ र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे । मध्यरातमा लुकेर, छिपेर ,ढाँटेर सरकार गठन गर्नुभएकाे छ ।’

साथै उहाँले नेपाली जनताको लागि प्रतिनिधिसभाको बैठकमा बोलेको सबै कुरा सत्य भएको बताउनुभएकाे छ । उहाँले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य बनेका समेत बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अहिले हामी पार्टीको नेतृत्वको सरकारबाट विश्वासको मत लिने क्रममा मैले प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ त्यो प्रतिनिधिसभालाई मात्र होइन हाम्रो पार्टीका तमाम नेता कार्यक्रता र नेपाली जनतालाई यो देशका सबै उत्पीडित वर्गलाइ, जाती,क्षेत्र, लिंग र समूदायलाई एउटा नयाँ क्रान्तीको लागि गरिएको अपिल हो । ’


0
Shares

प्रतिक्रिया दिनुहोस !