कांग्रेसको केन्द्रीय समितिको बैठक जारी
प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १६:१७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा महासमितिमा पेश भएका प्रस्तावहरूमा आएको सुझावका आधारमा परिमार्जनसहित बैठकले पारित गर्ने तयारी रहेको छ ।
बैठकले कार्यसम्पादन र पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन, नियमित बैठक भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र पार्टीको संगठन सुदृढ बनाउनेबारे निर्णय गर्ने छ ।
0
Shares