चार प्रतिशतले बढ्याे नेप्से

काठमाडाैं । मंगलबार १४५ अंकले घटेको नेप्से परिसूचक बुधबार चार प्रतिशतले बढेको छ। १०८.३५ अंकले बढेर नेप्से दुई हजार सात सय ५९.६७ विन्दुमा पुगेको छ ।
आज सेन्सेटिभ इन्डेक्स ४.०६ प्रतिशत र फ्लोट इन्डेक्स ३.८९ प्रतिशतले बढेको छ।
३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ । मंगलबार नेप्सेको इतिहासमै बढी २३ अर्ब ७१ करोडको सेयर कारोबार भएको थियो।
आज नेप्सेका १३ वटै उपसमूहको सूचक बढेका छन् । वित्त र अन्य उपसमूह सात प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा होटेल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूह पाँच प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् । अरू उपसमूहको तुलनामा थोरै बढेको म्युचल फन्ड १ प्रतिशतले वृद्धि भएको छ।
आज कुल २३९ कम्पनीको सेयर मूल्य बढ्दा १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, दोल्ती पावर कम्पनी, सिटी होटेल, हिमालयन रिइन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सर्किट लागेको हो।