बढ्यो सुनको मूल्य
प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १२:५८

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ७ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भइरहेको छ।
0
Shares