सन्दर्भ मधेश मन्त्रिपरिषद् : कहिँ नभएको जात्रा मधेशमा भन्ने दिन नआवस्
काठमाडौं । नेपालीमा एउटा वाक्यांस जनजिव्रोमा छ त्याे हाे -‘कहिँ नभएको जात्रा हाँडी गाँउमा’। हो हाँडी गाँउमा कतै पनि नभएको जात्रा लाग्छ ।
हाँडीगाउँको जात्रामा रथको गजुर भुईँतर्फ रहन्छ भने गर्भगृह र भगवानको मूर्ति आकाशतर्फ राख्ने अनौठो प्रचलन छ । यस्तो गजुर भुई तिर र भगवानको मूर्ति आकाशतर्फ राखेर जात्रा कतै पनि गरिदैन यो हाँडी गाउँमा मात्र गरिन्छ ।
तर अब यो वाक्यांसमा हाँडी गाँउ हटाएर मधेश राख्नु पर्ने भएको छ । यो वाक्यांसमा मधेस राख्दा कही नभएको जात्र मधेशमा हुन्छ । तर यस्ताे दिन नआवस् ।
आठ ओटा जिल्ला भएको मधेश प्रदेशमा मुख्यमन्त्री सहित २० मन्त्री यो एकदमै आश्चार्य जनक कुरा भएको छ ।
जबकी केन्द्र सरकारमा अहिले आजको दिन सम्म मात्र २३ वटा मन्त्री छन् । केन्द्र सरकारमा ७७ वटा जिल्लाको प्रतिनिधित्व प्रधानमन्त्री सहित २३ मन्त्रीहरुले गरिरहनुभएको छ ।
भने मधेश प्रदेशको आठ जिल्लाको लागि मुख्यमन्त्री सहित २० मन्त्री छन् । यो कसैलाई कही गएर भन्न समेत लाजमर्दो छ । आठ जिल्ला भएको प्रदेशमा २०– २० जना मन्त्रीहरु ।
जसमा आठ जनात राज्य मन्त्री नै छन् ।
सबै नेतागणहरुलाई भाग पुर्याउन होकी के हो अलिकति लाज सरम पनि नमानि धमाधम मन्त्रीपरिषद् मधेसमा विस्तार भएको छ ।
अहिले मधेसमा सतिस कुमार सिंह मुख्यमन्त्री हुनुहुन्छ । उहाँ जनमत पार्टीको हुनुहुन्छ । उहाँकै नेतृत्वमा मधेसमा सरकार छ । तर उहाँलाई साथ दिन कांग्रेस एमाले पनि मिलेका छन् ।
सहभागी दल सबैलाई भाग पुर्याउदै गर्दा जनताले दुःख पसिना बगाएर तिरेको करको नेतागठहरुलाई हेक्का हुनुपर्थ्यो ।
जनता मरिमरि कर तिर्ने । साम्सदहरु धमाधम मन्त्री हुने । यो अचम्म छ । यो भनेको खुलेआम हामिले तिरेको करको दुरुपयोग हो ।
हाम्रो आँखै अगाडी करको दुरुपयोग भइरहेको छ ।
विकास विकेन्द्रीकरणको नाममा एउटा देश भित्र सात प्रदेश राखेर यसरी खुलेआम हामीले तिरेको करको दुरुपयोग हुनु भनेको यो हामी समग्र नेपालीहरुको लागि दुःखको कुरा हो ।
किसानले धान फलाउँछ कर तिर्छ । घरमा खसी बाख्रा, गाई भैसी पाल्छ बेच्छ कर तिर्छ । किसान उखु फलाउछ वेच्छ कर तिर्छ । एउटा व्यापारीले व्यापार गर्छ कर तिर्छ । एउटा जागिरिले जागिर खान्छ उसले आफ्नो तलबको निश्चित रकम कर तिर्छ । उद्योगिले उद्योग चलाउछ कर तिर्छ । हामि साईकल, मोटरबाईक, गाडी आदी इत्यादी किन्छौं भारि मात्रामा कर तिर्र्छ । उक्त सवारी सडकमा गुडाउछौं कर तिर्छौं । घर बनाउछौं कर तिर्र्छौ यस्तौ प्रकारले हामिले जे गरेपनि कर तिर्छौं । तर हामिले तिरेको करको यसरी हामै्रै आखै अगाडी दुरुपयोग भइरहेको छ ।
प्रदेश खारेजीको आवाज उठिरहदाँ यसरी प्रदेशमा धमाधम रजाई हुनु भनेको यो राम्रो भने पक्कै होइन ।
हाम्रै अलि परको छिमेकी श्रीलंकाका, बंगलादेशमा सासन गरेका सासकहरुले देशनै छोडेर भाग्नु पर्ने स्थिति आईरहेको छ । यसरी हाम्रो देशमा पनि पदको चरम दुरुपयोग गर्न पदनै सिर्जना गरेर यसो गर्नु भनेको अचम्म लाग्दो कुरा हो ।
हाम्रो देशमा सरकार फेरिरहन्छन् । केन्द्रमा सरकार फेरिदा त्यसको असर प्रदेश सम्म पुग्ने गरेको छ ।
गत चुनावमा नेपालमा एक दृस्य देखा पर्यो । जुन हो नयाँ व्यक्ति तथा नयाँ पर्टीको उदय । उनीहरु प्रति जनताको अघाद माया प्रेम पनि देखियो । फेरि केही समय पछि त्यो माया घृणामा विस्तारै परिणत भएको पनि देखियो । कतिको कसैलाई गर्ने माया अझै पनि कायम छ ।
देशका मुल पार्टी कांग्रेस एमालेले नै बैलैमा राम्रो सँग नसोचेर काम नगर्दा अहिलेको नयाँ व्यक्ति तथा नयाँ पर्टीको उदय भएको र यसले झन् देशलाई खाडलमा पुर्याएको छर्लङ्न छ ।
तर आजको दृस्य पनि हेर्ने हो भने कांग्रेस एमालेले नै मधेसमा यत्रो सरकार गठन भईहरदा कोही बोल्न सकेका छैनन् । आफै जम्वो मन्त्रीपरिषद्मा भाग लिएका छन् । सबैलाई पद चाहिँएको छ । झण्डा फहराउँदै हिड्ने गाडी चाहिएको छ ।
यस्तो अस्थिर राजनीतिले गर्दा भोली देशमा मौका पाउना साथ देश क्याप्चर गर्न भनेर वसेका ब्वासो जस्ता परजिविले नेपालमा खेल्न पाए भने के होला ? हाल बंगालदेशमा विदेशीहरुले खेलेर अस्थिरता मच्काइरहेको हामिले हाम्रै आखा अगाडी देखिसकेका छौं ।
अरु देशले खेल्ने मौका पाउदा सिक्कीम भारतमा विलय भएको पनि धेरै टाढाको कुरा होइन ।
तर नेपालमा यसरी जनतानले तिरेको करकोे दुरुपयोग गर्नको लागि विभिन्न पद सिर्जना गरेर नेपाल खोक्रो पार्न खोज्नुनै यो समग्र नेपालीहरुको लागि दुःखको कुरा हो ।
आशा गरौं अबको दुई तिहाईमा वनेको केपी शर्मा ओलीको सरकारले केही सुधार अबस्य गरोस् ।