६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

१० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन कांग्रेस नेतृ डिला संग्रौलाको प्रस्ताव

प्रकाशित मिति :  २५ श्रावण २०८१, शुक्रबार १०:२३


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गर्नुभएकाे छ।

त्यस्तै उहाँले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेण्डा तय गर्न नेतृत्वलाई सुझाव दिनुभएकाे छ।

बिहीबार सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा।संग्रौलाले भनिन्, ‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गरयौं, तर हाम्रो एजेन्डा के हो रु भिजन के हो रु देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन, सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु।’

त्यस्तै उहाँले सरकार निरंकुश बन्छ कि भन्ने त्रास बढीरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन् । भ्रातृ संगठनहरुको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर संगठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर संगठनलाई चलायमान बनाउन उहाँले माग गर्नुभएकाे छ।

डा. संग्रौलाले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने पनि बताउनुभयाे ।

‘संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले पहिले पुनरवलोकनका लागि विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल ९टास्क फोर्स० बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ ।

समितिले तयार पारेको प्रतिबेदनमा दलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ । पुनरवलोकन गर्दापनि गाउँगाउँ र दुरदराजसम्म पुगेर जनमत संकलन गर्न पनि म सुझाव दिन चाहन्छु,’ उहाँले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !