‘नेपाल लायन्स डे’ रक्तदान
काठमाडौं । ‘नेपाल लायन्स डे’ को अवसर पारेर लायन्स क्लव अफ काठमाडौंले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा २२ जनाले रगत दान गरेका थिए ।
शुक्रबार विहान काठमाडौंको तीनकुनेमा आयोजित समारोहमा लायन्स इन्टरनेशनल एमडी ३२५ डिष्ट्रिक गर्भनर लायन्स सुरेन्द्र प्रकाश वलायेले विशेष सम्बोधन गर्दै परोपकारी कार्यमा सरिक भएकोमा सबैलाई धन्यवाद दिनुभयाे ।
समारोहमा लायन्स क्लव अफ काठमाडौंका अध्यक्ष लायन्स गोविन्द प्रसाद गौतम, पूर्वअध्यक्ष लायन्स एमडी अग्रवाल, लायन्स नरेश खड्कालगायतले रक्तदाताहरुलाई धन्यवाद दिए । उनीहरुले नेपालमा लायन्स क्लवहरुको परोपकारी कामहरुका बारेमा प्रष्ट पारेका थिए ।
कान्तिपुर अस्पतालको कान्तिपुर ब्लड ट्रान्सफ्यूसन सर्भिसको मेडिकल सर्पोटमा आयोजित कार्यक्रममा लियो क्लव अफ काठमाडौं मीनभवन र लियो क्लव अफ काठमाडौं किस्टले सहकार्य गरेका थिए ।