६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवाहरुको आवश्यक्ता र भावना अनुसारको नीति आवश्यक : राष्ट्रपति

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार ११:४०


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताउनुभएकाे छ ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उहाँले युवा परिवर्तनका संवाहक तथा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘युवा राजनीतिक, सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत हुन्, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हुन् ।’

साथै उहाँले युवाको शसक्तिकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए । उनले युवाहरुको आवश्यक्ता र भावनालाई बुझेर नयाँ नीतिको आवश्यक्ता भएको बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !