१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खरिद ऐनमा भएका समस्याहरु समाधान चाँडै : मन्त्री भण्डारी

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार १४:२५


काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐनमा भएका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताउनुभएकाे छ ।

सोमबार काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सबै खाद्य वस्तुहरु सहज रुपमा उपलब्ध गराउनुपर्ने, सुपथ मूल्यलाई व्यवस्थित गर्नुपर्ने पनि औंल्याए ।

उहाँले भन्नुभयाे,‘सार्वजनिक खरिद ऐनमा अवरोध छ । विधिवत रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरु उब्जिएकाले समाधान गर्नुपर्नेछ ।’

उहाँले एउटा कुनै अमुख चीजलाई देखाइदिएर आफूले उन्मुक्ति पाउने कुरा स्वभाविक नहुने भएकाले सबैको निगरानी गरिने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !