१४ फाल्गुन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शिक्षकको हाहाकार

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार १६:३१


काठमाडौं । वढ्दो युवा विद्यार्थी पलायनले गर्दा अहिले मुलुकमा शिक्षकको हाहाकार भएको छ ।
यसको जलन्त उदाहरण अहिले विद्यालयले पटक पटक शिक्षक पदपुर्ति भनेर प्रकाशित सुचनालाई लिन सकिन्छ ।

कहिले दोस्रो पटक, कहिले तस्रो पटक गर्दै सातौ आठौं पटक समेत एउटै शिक्षकको लागि विज्ञापन स्कुलले प्रकाशित गरेको छ ।

अहिले नवलपरासीको श्री राष्ट्रिय माध्यमिक विद्यालयले
सातौ पटक शिक्षक पदपूर्ति सम्वन्धि विज्ञापन प्रकाशित गरेको छ ।

विद्यालयले गणित विषयको लागि नगर राहात कोटामा शिक्षकको माग गरेको थियो ।

यो सातौ पटकको विज्ञापनले उक्त स्कुलले शिक्षक पाउछ या पाउदैन त्यो भने हेर्न वाकि नै छ । यो स्कुल एउटा नमूना मात्र हो । यसरी धेरै स्कुलले अहिले शिक्षकको लागि विज्ञापन पटक पटक गरिरहेको देख्न सकिन्छ ।

यसरी स्कुलले पटक पटकको विज्ञापन प्रकाशित गरिरहदाँ पनि स्कुलले शिक्षक नपाउँनु भनेको यो समग्र देशको नै लागि दुःखको कुरा हो ।

हरेक स्कुलले शिक्षकको लागि विज्ञापन निकाल्दा केही दरखास्त भने आउँछ । तर परिक्षार्थीले न्युनतम पास अंक समेत नल्याउदा अहिले धेरै स्कुलले पटक पटक शिक्षकको लागि विज्ञापन निकाल्नु परेको छ ।

यस्तै घटना केही महिना अघि नुवाकोट, धादिङ लगाएत देशभरका धेरै विद्यालयमा भएको थियो ।

बढ्दो युवा पलायनले गर्दा अहिले देशमा युवाको कमी छ छदै छ तर देशमा दक्ष जनशक्तिको नै कमी भईसकेको देखिन्छ ।

शिक्षामा राज्यले अर्बौं रकम लगानी गरिरहदा देशमा शिक्षककै कमी भईरहने हो भने देशको शिक्षको अबस्था के होला ?

युवा विदेश पलायन रोक्न सरकारले केही ध्यान नदिने हो भने देशमा युवा सँगै दक्ष जनशक्तिको निश्चित कमि हुने देखिन्छ ।

अहिलेको शिक्षक अभावलाई हेर्ने हो भने भविष्यको नेपालको शैक्षिक गुणस्तर पनि खस्कने पक्का जस्तै छ ।

 

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !