७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नागरिकको गुनासो सुनेर सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री केपी ओली

प्रकाशित मिति :  २८ श्रावण २०८१, सोमबार २२:००


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सहज र प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज निजामती कर्मचारी संठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको गुनासो सुनी त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । यसका लागि गुनासो सुन्ने संयन्त्रलाई प्रभाकारी बनाउनु पर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

ओलीले सरकारले स्थापना गरेको ‘हेल्लो सरकार’ को कामलाई प्रभावकारी बनाउँदा नागरिकका गुनासो सुन्नको लागि सहयोग पुग्ने बताउनुभयो ।  ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने पनि बताउनुभयो ।

छलफलका क्रममा संगठनका अध्यक्ष लेखनाथ निरौलाले संघीय निजामती ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !