१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सामाजिक संजाललाई सामान्य नठानौं, बंगलादेशमा प्रधानमन्त्रीले देश छाड्नुपर्यो’

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १६:४२


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसङ्गतीहरु पनि निम्त्याइरहेको बताउनुभएकाे छ ।

मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा बोल्दै उहाँले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर भएर मात्र सबैमा आग्रह गर्नुभयाे ।

‘छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो । अचानक घट्ना घट्यो र प्रधानमन्त्रीले देश नै छाडेर हिड्नुपर्ने अवस्था आयो । यसलाई सामान्य घट्ना लिन मिल्दैन् । ऋण लिएर चालु खर्च चलाएको नेपालमा त यो समान्य नै मानिएला । बंगलादेशमा ११ प्रतिशतले वृद्धि भइरहेको थियो र पनि घट्ना घट्यो । नेपालमा त कुनैपनि बेला केही हुन सक्छ, उहाँले भन्नुभयाे,‘सामाजिक सञ्जाल अहिले एकदमै आक्रमकहरु आइरहेको छ । सामाजिक सञ्जालले धेरै विसङ्गतिहरु पनि निम्त्याइरहेको छ । राम्रो पनि छ तर विसङ्गती पनि ल्याएको छ बंगलादेशले पनि देखाएको छ । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुन होला ।’

उहाँले राज्यले शिक्षित र अशिक्षित दुवै वर्गको युवाहरुलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने जिम्मेवारी लिन आवश्यक रहेको बताउनुभयाे । उहाँले सरकारले गर्ने लगानी र खर्च सही ठाउँमा उपयोग भएको छ कि छैन् भनेर खबरदारी गर्न अपिल गर्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !