बंगलदेशका हिन्दूहरुको हरिविजोक, छाडे अस्पतालमा उपचार पाउन
— विकल लिम्बु-
काठमाडौं । अहिले बंगालदेशमा त्यहाँका हिन्दूहरुले चरम अत्याचार सहनु परेको छ । स्थानियले उनीहरु माथि अत्याचार नै गरिराखेका छन् । अस्पतालले उनीहरुलाई अत्याचार गरिराखेका छन् हुदा हुदै प्रहरीले पनि उनीहरुलाई दमन गरिराखेका छन । जुन दृश्य हामी यत्र तत्र सर्वत्र देख्न सक्छौ ।
विच सडकमा त्यहाँका हिन्दूहरुलाई विनाकाम उठबस गर्न लगाईदै छ । महिलालले लागएका गर गहना खुलेआम क्यामेरा अगाडीनै लुटिदैछन् । महिलाहरुलाई विच सडकमै कुटिदैछ ।
यो सबै अहिले त्यहाँका शान्ती नोवेल पुरस्कार विजेता भनिएको अन्तरिम सरकारका प्रधानमन्त्री डा. मोहमद युनुसले टुलुटुलु हेरेर बसेका छन् ।
जसरी एक राजनितिज्ञले आफू सत्तामा पुग्नको लागि अनेकन प्रयास गर्छ हो त्यसै गरि अहिले त्यहाँका अन्तरीम सरकारका प्रधानमन्त्री डा. मोहमद युनुसले केही सङ्घर्ष गर्नु भएको थियो । तर उहाँको सर्घष गोप्य रुममा भएको थियो ।
तर उहाँ जव अहिले त्यहाँका प्रधानमन्त्री हुनुभयो । अहिले त्यहाँ भएका हिन्दूहरुमा माथि चरम दवाम दिदा समेत उहाँ केही नवोली टुलुटुलु हेरेर मात्र बस्नुभएको छ ।
उहाँले अहिले त्यहाँ आफू सरकारमा कसरी बस्ने भनेर मात्र सोचेको देखिन्छ । अगुवा विद्यार्थी आन्दोलनका नेताहरुलाई प्रधानमन्त्रीको टिममा मिलाएर उहाँले त्यहाँ भएका हिन्दूहरुलाई चरम दवाव दिदा समेत उहाँ टुलुटुलु हेरेर मात्र बसिरहनुभएको छ ।
बंगालादेशका हिन्दूहरुको यो अबस्था आउदाँ सम्म पनि त्याँहाका अन्तिरीम सरकारका प्रधानमन्त्री टुलुटुलु हेरेर मात्र बस्नुको पछाडी एउटार रहस्य लुकेको छ त्यो रहस्य हो त्याहाका हिन्दुहरुले शेख हसिनालाई रुचाउनु ।
हो अहिलेको परिस्थीतिमा त्यहाँका हिन्दुहरुले बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई रुचाँउछन् ।
बंगलादेशमा हिन्दूहरुको संख्या भनेको एक करोड पचास लाख छ । त्यो भनेको बंगलादेशको जनसंख्याको लगभग आठ प्रतिसत हुनु आउँछ ।
हिन्दूहरुको जनसंख्याको हिसावमा भने बंगलादेश तेस्रो नंवरमा आउँछ । बंगलादेश अहिले भारत नेपाल पछि बढी हिन्दू भएकाे राष्ट्र हो ।
अहिले बंगालादेशमा सेभ हिन्दूज, हिन्दुज ह्याभ राइट टु लिभ, प्रोटेक्ट हिन्दु लेखिएको पमप्लेट, व्यानर वोकेर त्याहाँका हिन्दूरुले नारा लगाईरहेका छन् ।
बलात्कार, हिंसा, सामाजिक गालि वेइजत, जस्ता विभिन्न किसिमको याताना अहिले त्यहाँको हिन्दुले भोग्नु परेको छ ।
विमारी भएर त्याहाँका हिन्दूहरुले जाँदा समेत उपाचार पाउन गार्हाे भएकाे छ । धेरै अस्पतालले उपचार गर्न पनि छाडेका छन् ।
बंगलादेशका हिन्दूहरु तिनै हुन् जुन उनीहरु पाकिस्तान सँगको युद्धमा धेरै मारिएका थिए ।
पाकिस्तान सगको द्धन्द्धमा मारिएका मध्य ८० प्रतिशत हिन्दूनै थिए ।
अहिले जव शेख हसिनाको धर्मनिरपक्ष पार्टीमा दरार आयो तव अहिले त्यहाँका हिन्दूले चरम यातना भोग्नुपरेको छ ।
अहिले बंगलादेशमा पश्चिमाहरुको विगविग रहेको पनि जानाकारहरु बताउछन् । उनिहरुका अनुसार पश्चिमाहरुले हिन्दूलाई चरम दवाव दिएर जवरजस्ती तरिकाबाट धर्म फेर्न लगाउने गरेको समेत जानाकारहरु बताउँछन् ।
जानाकारहरुका अनुसार तत्कालिन प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छोडेर भारत जानुनै त्यहाँ भएका हिन्दू र बौद्धको कष्टकर दिन आएको समेत उनीहरुले बताएका छन् ।