२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्छौं’

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १४:०७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबीगर्नुभएकाे छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘देश र जनातालाई सर्वपरी राखेर देश र जनताको हितहरुप्रति सर्मपित भएर लोकतन्त्रका मूल्यमान्यताहरुलाई जीवन पद्दतिको रुपमा अवलम्वन गरेर शुसाशनका निम्ती भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौं ।’

साथै उहाँले लोकतन्त्रलाई जीवन पद्धतिको रुपमा अवलम्वन गर्न कसैको फरक मत नरहने उल्लेख गर्नुभयाे । उहाँले लोकतन्त्रका विरुद्धमा केही प्रवृतिहरु देखा पर्न गएको समेत बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !