७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ : अध्यक्ष दाहाल

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १५:२९


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताउनुभएकाे छ ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रिया भएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिका मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो, संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’

साथै, उहाँले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन गरेका कारण पार्टी विभाजन भएको बताउनुभयाे । उहाँले पार्टी विभाजन भए पनि देश बचेको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘हिंसात्मक द्वन्द्व भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन् । माओवादी जनयुद्धले गर्दा नै यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !