१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बालबालिकालाई राम्रो उपचार दिन सरकारी अस्पतालमा अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छः मन्त्री पौडेल

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १५:४३


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सिमित स्रोत र साधनभित्र रहेर अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् ।

बुधबार कान्तिबाल अस्पतालको बाल मनोचिकित्सा र मानसिक स्वास्थ्य इकाईको निरीक्षण गर्दै उहाँले नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा बालकान्ति मात्र भएको भन्दै यसलाई प्रभावकारी बनाउने कुरामा सहकार्य गर्न आवश्यक रहेको बताएका हुन् ।

उहाँले भन्नुभयाे, ‘देशले अहिलेको भन्दा बढि सक्रियता खोजेको छ । सिमित स्रोत र साधनभित्र हामीले अधिकत्म परिणाम ल्याउनुपर्ने अवस्था छ । नेपालको बालबालिकालाई राम्रो उपचार दिने सरकारी अस्पतालमा यो अस्पताल मात्रै हो, त्यसकारण यसलाई प्रभावकारी बनाउने कुरामा हामीले सहकार्य गर्न आवश्यक छ।’

यसको साथै, उहाँले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक रहेको भन्दै अनलाईनबाट सेवा दिने व्यवस्था भए सहज वातावरण सिर्जना हुने बताए ।

उहाँले भन्नुभयाे, ‘हामीले पुरानै काम नयाँ तरिकाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न आवश्यक छ । सरकारी अस्पतालहरुमा हुने भिड, लाइनलाई घटाउनको लागि हामीले भनेको अनलाईन प्रणालीबाट काम अगाडि बढाउनुपर्छ । अनलाईनबाट सेवा दिने व्यवस्था गर्ने हो भने पनि सहज वातावरण सिर्जना हुन्छ । समय तोकिएको टोकनको पनि व्यवस्था गर्न सकियो भने राम्रो हुन्छ ।’

बिमालाई व्यवस्थित गर्न सकेमात्र स्वास्थ्य सेवा सहज र सरल बन्न सक्ने भन्दै यसमा सबैको सहयोगको अपक्षा गरेको पनि उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !