२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कटारीनगरपालिकाको १३ औ नगरसभा सम्बन्धि विवादले नगरसभाको बैधानीकता माथि प्रश्न

प्रकाशित मिति :  ३१ श्रावण २०८१, बिहीबार ०९:२०


कटारी । कटारी नगरपालिकाको १३ औ नगरसभा सम्बन्धि विवादले नगरसभाको बैधानीकता माथि प्रश्न उठेको छ ।

नगरसभाको विषयमा नगरप्रमुख र अन्य सभाका सदस्यहरु विच फरक कुरा आएपछि नगरसभाको वैधानीकतामाथि नै प्रश्न उठेको हो । साउन २७ गते सुरु भएको नगरसभा २७ गते नै सम्पन्न भएको भन्दै नगरप्रमुखले पत्रकार सम्वेलन मार्फत बुधवार जानकारि गराएपछि नगरसभाको वैधानीकतामा प्रश्न चिन्न खडा भएको हाे ।

उपप्रमुख गिता खड्काले नगरसभा आईतवार सुरु भएको भएपनि सहमति हुन नसकेकाले सोमबार बस्ने गरि सभालाई निरन्तरता दिएको बताउनुभयाे । सोमबारको बैठकमा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृत उपस्थित नभए पछि नगर सभाका बहुमत सदस्यहरुले विभिन्न निर्णय गर्दै नगरसभा सम्पन्न गरेको उपप्रमुखको भनाई छ ।

मेयरकाे पत्रकार सम्मेलन- ‘वैधानिक हिसावले नगरसभा सम्पन्न भैसकको छ’

कटारी नगरपालिकाका नगरप्रमुख राजेश चन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गर्नुभएकाे छ । १३ औं नगर सभाका सन्दर्भमा कटारी नगरपालिकाको मेयरको कार्यकक्षमा पत्रकार सम्मेलन गर्नुभएकाे हाे ।

पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले नगर सभा आइतबार नै सम्पन्न गरेको बताउँदै उहाँले भन्नुभयाे- ‘हामीले प्रकृयागत हिसावले कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैया अनुमानित बजेट, निति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१  पास गन अनुमोदनका लागि प्रस्तुत गर्दा सबैले तालि बजाउनु भयो मैले कार्यक्रम समापन गरे तर नगर सभा सम्पन्न भएको घोषणा भै सकेपछि केही साथिहरुले प्रश्न उठाउनु भएको हो वैधानिक हिसावले नगरसभा सम्पन्न भैसकको छ ।’

टिप्पणिका भरमा खर्चगर्नु अनुचित

टिप्पणि आदेशका भरमा १ करोड ७६ लाख ५८ हजार खर्च गर्नु प्रकृया गत त्रुटि देखिएको छ । बुधवार सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईलाई कुन कानुनका आधारमा टिप्पणि बाट खर्च गर्नु भयो भन्ने प्रश्न गरेका थिए , उहाँले  कटारी नगरपालिकाको आव २०८०/८१ को विनियोजन ऐनका आधारमा खर्च गर्न पाईने व्यवस्था छ साथै स्थानिय सरकार संञ्चालन ऐन २०७४ को आधारमा टिप्पणि उठाएको भन्दै जवाफ दिनुभएकाे थियाे ।

 

उहाँको जवाफमा सत्यता देखिदैन, कटारी नगरपालिकाको विनियोजन ऐनमा यस्तो कुनै व्यवस्था वा प्रमुखलाई विशेष अधिकार दिएको देखिदैन । उत्त ऐनमा कुनै पनि शिर्षक परिवर्तन वा थपघट गर्नु परेमा शिर्षकको १० प्रतिशत नकटने गरि कार्यकालिकाले निर्णय गर्न सक्ने भन्ने व्यवस्था गरेको छ भने स्थानिय सरकार सञ्चालन ऐनको ७३ (७ ) मा कार्यपालिकाले सभाबाट स्विकृत सीमा र शिर्षक बाहिर गई बजेट खर्चगर्न पाईने छैन भनि प्रष्ट व्यवस्था छ , यि दुवै आधारमा यसरि गरिने खर्च बैधानीक नहुने प्रष्ट हुन्छ ।

पत्रकारहरुकाे २०८१ वैशाख १० गते टिप्पणि उठाएको बैशाख ११ गते नै कार्यपालिकाको वैठक बसेको र २०८१ वैशाख २१ गतेको नगर सभा समेत सम्पन्न भै सकेकोले किन त्यहा अनुमोदनको लागि पेश गराउनु भएन भन्ने प्रश्नमा उहाँले भन्नुभयाे– ‘हामीले यो टिप्पणि उठाउदा योजना शाखाले १० गते उठाएको लेखा शाखाले अध्यन गर्न केहि दिन लागेको आफुले पनि अध्यन गरेको र पछि मात्र टिप्पणि निर्णायार्थ पेश गरेकाे हो ।’

तर वास्तविकता फरक देखिएको छ उक्त टिप्पणी आदेशमा लेखाको राय लिएको देखिदैन भने प्रमुख प्रशासकिय अधिकृतले समेत बैशाख एक गते नै टिप्पणि निर्णायार्थ मेयरकोमा पेश गर्नुभएकाे थियाे । गैर कानुनि टिप्पणि उठाउनु, तत्कालको कार्यपालिकामा र नगरसभामा पेश नगर्नु र पछि पास गराउन कोषिश गर्नुले यो विषयमा बढि संख्या उव्जीएको एक कार्यपालिका सदस्यले बताउनुभयाे ।

उपस्थिति उठायकै भरमा नगरसभा सम्पन्न हुदैन: नगर उपप्रमुख

नगर सभाको सुरुमानै नगरसभा सदस्यहरुलाई बैठक पुस्तिकामा हस्ताक्षर गराइन्छ त्यसैका आधारमा बैठक पुस्तिका लुकाएर आफु खुसी निर्णय लेख्नुलाई सभा सम्पन्न भएको मान्न नसकिने उपप्रमुख गिता खड्काको भनाई छ । आईतबार विवाद भएपछि सोमबार नगरसभालाई निरन्तरता दिने सहमति भएको थियो । सोही बमोजीम सोमबार नगरसभा सम्पन्न भएको  खड्काले बताउनुभयाे ।

आईतबारको नगरसभामा विवाद भएपछि प्रमुख प्रशासकिय अधिकृत बैठक पुस्तिका सहित सभाहल बाट बाहिरिएका थिए ।  नगर प्रमुखले सोमबार नगरसभालाई निरन्तरता दिने सहमति भएको उपप्रमुखको भनाई छ । सहमति अनुसार प्रमुख प्रशासकिय अधिकृत बैठक पुस्तिका सहित सम्पर्क विहिन भएपछि अर्को बैठक पुस्तिका उठाएर नगरसभा सम्पन्न गरेको खड्काको भनाईछ  ।

उहाँले भन्नुभयाे ‘नगरप्रमुखले नयाँ बैठक पुस्तिकामा  उपस्थित जनाउन मान्नु भएन हामीबहुमत सदस्यहरुले सभालाई निरन्तरता दिदै कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैया अनुमानित बजेट, निति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१  पास गर्ने साथै टिप्पणि आदेश बाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार रुपैयाँ हाललाई पास नगर्ने सहित महत्व पुर्ण निर्णय गर्दै नगरसभालाई पुर्णता दिएका हौ । आईतबारको बैठक पुस्तिकामा उपस्थितिमा मात्र हस्ताक्षर गरेका थियौ त्यो बैठक पुस्तिका सहित प्रमुख प्रशासकीय अधिकृत सम्पर्क विहिन भए पछि नगरसभालाई पुर्णता दिन अर्को उपस्थिति उठाएका छौ ।’

बैठक पुस्तिकामा उपस्थिति उठाएकै आधारमा सभा सम्पन्न नहुने उहाँकाे भनाई छ । ‘ बैठक पुस्तिकामा उपस्थिति उठाएकै आधारमा सभा सम्पन्न हुँदैन । सभा सम्पन्न हुन निर्णय समेत लेखेर सभा सदस्यहरुलाई सुनाउने र हस्ताक्षर गराउनु पर्छ’ उहाँले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !